होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, माघ २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीको अत्तरियामा बस र स्कुटर ठोक्किँदा २ जना घाइते
समाचार

कैलालीको अत्तरियामा बस र स्कुटर ठोक्किँदा २ जना घाइते

  • नागरिक रैबार
कैलालीको अत्तरियामा बस र स्कुटर ठोक्किँदा २ जना घाइते

धनगढी: कैलालीको अत्तरियामा बस र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन्। मंगलबार दिउँसो गोदावरी नगरपालिका– १ अत्तरियास्थित पूर्वरोडमा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पूर्वतर्फ जाँदै गरेको गोदावरी– ९ सेहरी बस्ने ४२ वर्षीय मिनबहादुर बोहराले चलाएको ना५ख १०९४ नम्बरको बस र बिपरित दिशाबाट आउँदै से६प ११८६ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवै घाइते भएका हुन्। घाइते हुनेमा स्कुटर चालक गोदावरी–७ बस्ने ३५ वर्षीय भीष्म राज अवस्थी र स्कुटरमा सवार बझाङ बित्थडचिर गाउँपालिका–३ का २६ वर्षीय दिनेशबहादुर बोहरा रहेको कैलाली प्रहरीले बताएको छ।

घाइते दुवैको पदमा अस्पतालमा उपचार भइरहेको र बस चालक प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार