होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दार्चुलामा भारतले तटबन्ध बनाउँदा सरकार नबोल्नु लाजमर्दो : भीम रावल
देश/प्रदेश

दार्चुलामा भारतले तटबन्ध बनाउँदा सरकार नबोल्नु लाजमर्दो : भीम रावल

  • नागरिक रैबार
दार्चुलामा भारतले तटबन्ध बनाउँदा सरकार नबोल्नु लाजमर्दो : भीम रावल

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेका धेरैजसो सांसद नाराबजी गरिरहँदा एमाले सांसद भीम रावलले भने सभामुखसँग समय मागेर बोले ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछिको कामहरुको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने माग गरे ।

सांसद रावलले नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने आवाजहरु उठिरहेको भन्दै त्यस प्रकारको आवाजलाई बन्द गर्न पनि माग गरे ।

विज्ञापन

उनले दार्चुला जिल्लाको बंगाबगरमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहदा पनि सरकार नबोल्नु लाजमर्दो विषय भएको टिप्पणी गर्दै सो सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने माग गरे ।

‘भारत सरकारले एकतर्फी डोजर चलाउँदा पनि नेपाल सरकार त्यसमा नबोल्नु यो लाजमर्दो कुरा हो । नेपाल सरकारको यसतर्फ गम्भीर रुपले ध्यानाकर्षण गराउँछु । र म माग गर्न चाहन्छु, नेपाल सरकारको तर्फबाट गृहमन्त्रीजी, परराष्ट्रमन्त्रीजीले यो सदनमा आएर नेपाली जनतालाई यसको जवाफ दिनुपर्छ’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार