होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोनाबाट २३ वर्षीय युवकको मृत्यु
समाचार

कोरोनाबाट २३ वर्षीय युवकको मृत्यु

  • नागरिक रैबार
कोरोनाबाट २३ वर्षीय युवकको मृत्यु

राँझा: नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ। खजुरा गाउँपालिका–२ निवासी २३ वर्षीय युवकको आज बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका उनलाई गत माघ २७ गते पिसिआर गर्दा सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५१ पुगेको छ। शनिबार मात्रै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु भएको थियो। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ८४ वर्षीय पुरुष र भेरीगङ्गा नगरपालिका–३ सुर्खेत निवासी ९० वर्षीय पुरुष थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार