होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धादिङमा पहिरो, डोजरसहित तीन जना बेपत्ता
समाचार

धादिङमा पहिरो, डोजरसहित तीन जना बेपत्ता

  • नागरिक रैबार
धादिङमा पहिरो, डोजरसहित तीन जना बेपत्ता

काठमाडौं । धादिङको रुबीभ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको जानकारी दिए । ‘चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भनेर स्थानीयले खबर गर्नुभएको छ’ एसपी सिंहले  भने, ‘विस्तृत विवरण आइसकेको छैन ।’

घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार