होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • श्रीमती बलात्कारको आरोपमा एक पुरुष पक्राउ
अपराध

श्रीमती बलात्कारको आरोपमा एक पुरुष पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
श्रीमती बलात्कारको आरोपमा एक पुरुष पक्राउ

काठमाडौं : गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। शनिबार मदाने गाउँपालिका–४ की २४ वर्षीया महिलाले आफ्नै श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी हुन्।

उनको जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय पुर्कोटदहले निजका श्रीमानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले बताए। प्रहरीका अनुसार महिलाले आफ्नो श्रीमानले डर, धाक, धम्की देखाई पटक पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको भन्दै जाहेरी दिएकी छिन्।

उनको जाहेरीका आधारमा वैवाहिक जवरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए। प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै