होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • टाईडफाईड विरुद्धको खोप लगाउने बारे बडीमालिका ९ मा छलफल
समाचार

टाईडफाईड विरुद्धको खोप लगाउने बारे बडीमालिका ९ मा छलफल

  • नागरिक रैबार
टाईडफाईड विरुद्धको खोप लगाउने बारे बडीमालिका ९ मा छलफल

नागरिक रैबार/बाजुरा २९ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइदै छ ।

देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।

सोही खोप अभियान अन्तरगत बडीमालिका नगरपालिका वडा नं. ९ मा स्वास्थ्य स्वंय सेविका र शिक्षक विच छलफल गरिएको छ ।वडामा रहेका १५ महिना देखि १५ वर्ष मुनिका बालवालिकालाई टाईडफाईड रोग विरुद्धको खोप लगाउने बारे छलफल गरिएको छ ।

विज्ञापन

वडामा रहेका बालवालिकालाई मध्येनजर गरेर वडामा बैशाख ४ देखि ६ गतेसम्म खोप लगाईने बारे छलफल भएको बडीमालिका ९ का वडा अध्यक्ष लालचन्द नेपालीले बताएका छन् ।

उहाँका अनुसार टाईडफाईड विरुद्धको खोप क्रेटर जोन एकेडेमी र मष्टेश्वरी आधारभुत विद्यालय चौराटामा समेत लगाईने छ । जस अनुसार वडामा १४३८ जना बालवालिकालाई खोप लगाउने कार्यक्रम रहेको छ ।

वडामा भएको खोप अभियान सम्वन्धि छलफलमा ९ का वडा अध्यक्ष लालचन्द नेपाली, शहरी स्वास्थ्य केन्द्र प्रमुख विरेन्द्र बहादुर विष्ट, द्धावारीका प्राविका प्रअ अमर विश्वकर्मा, क्रेटर जोनका डव्वल हमाल लगायत स्वास्थ्य स्वंय सेविकाको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै