होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नवप्रवेशीलाई एमालेद्वारा धमाधम मेयरमा सिफारिस
समाचार

नवप्रवेशीलाई एमालेद्वारा धमाधम मेयरमा सिफारिस

  • नागरिक रैबार
नवप्रवेशीलाई एमालेद्वारा धमाधम मेयरमा सिफारिस

विभिन्न पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका दुई नेता भावी मेयरका लागि सर्वसम्मत सिफारिसमा परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि पशुपतिदयाल मिश्र तथा रंगेली नगरपालिका भावी मेयरमा दिलीप बगडिया सर्वसम्मत रुपमा सिफारिसमा परेका हुन् ।

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र नागरिक अभियान परित्याग गरी नेपालगञ्जका मिश्र गत १ मंसिरमा एमाले प्रवेश गरेका थिए भने २५ फागुनमा नेकपा माओवादी केन्द्र परित्याग गरी बगडिया प्रवेश गरेका थिए । पुनस् उम्मेदवार भएका बगडिया सो नगरपालिकामा माओवादीबाट विजयी मेयरसमेत हुन् ।

बाँकेको नेपालगञ्ज नगर कमिटी बैठकले मिश्रलाई सर्वसम्मत रुपमा एमालेबाट भावी मेयरका लागि सिफारिस गरेसँगै उपमेयरमा शान्ति ढकाल पनि सर्वसम्मत सिफारिसमा परेकी छिन् । ढकाल एमाले केन्द्रीय सदस्यसमेत हुन् भने मिश्र २०७४ सालको निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार भए पनि पराजित भएका थिए ।

विज्ञापन

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार रंगेलीमा बगडियासँगै धनपालथान गाउँपालिकाका अध्यक्षका लागि मुसहरु मण्डल सिफारिस भएका छन । एमालेले ५ वैशाखभित्र स्थानीय तहका सबै उम्मेदवार सिफारिस गर्न निर्देशन दिएअनुसार देशैभरि एमालेले उम्मेदवार सिफारिस गरिरहेको छ । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै