होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धौलागिरि आरोहण गरेर फर्किने क्रममा ग्रिसेली आरोहीको मृत्यु
समाचार

धौलागिरि आरोहण गरेर फर्किने क्रममा ग्रिसेली आरोहीको मृत्यु

  • नागरिक रैबार
धौलागिरि आरोहण गरेर फर्किने क्रममा ग्रिसेली आरोहीको मृत्यु

काठमाडौँ — ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको पर्वतारोहण गरेर फर्किने क्रममा मृत्यु भएको छ । धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा बिरामी भएपछि ७ हजार ४ सय मिटरको उचाईमा उनको मृत्यु भएको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए ।

आरोहणका साथै खेलकुदमा समेत सक्रिय उनको ६० वर्षमा मृत्यु भएको हो । धौलागिरि आरोहणका क्रममा उनलाई सेभेन समिटका दावा शेर्पाले ‘गाइड’ गरेका थिए ।

सन् १९६२ मा जन्मिएका एन्टोनिसले हालसम्म ८ हजार मिटरभन्दा माथिका सगरमाथा‚ कञ्चनजंघा‚ मनास्लु‚ ल्होत्से र अन्नपूर्ण गरी ५ वटा हिमाल आरोहण गरिसकेका छन् ।

विज्ञापन

सन् १९९० देखि आरोहण गरिरहेका एन्टोनिसले हालसम्म ६६ वटा हिमाल आरोहणमा सहभागी भएका छन् । तीमध्ये १२ वटा हिमाल आरोहण टोलीको नेतृत्वसमेत गरेका छन् ।

उनले अहिलेसम्म २ हजार मिटरमाथिका २९‚ ३ हजार मिटरमाथिका ५० र ४ हजार मिटरमाथिका ६३ वटा हिमाल आरोहण गरिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि