नेकपा एमाले निकट प्रेस चौतारीको बन्द सत्रमा विवाद देखिएको छ । उपत्यका प्रदेश बागमती प्रदेशमा गाभिने भएपछि सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बन्दसत्र हलमा नै नाराबाजी गरेका छन् । उपत्यका प्रदेशले छुट्टै स्वयत्त अधिकार तथा १ खुल्ला सचिवकाे माग गरेकाे छ । यता एशाेसिएट र प्रतिष्ठानले पनि सोही मुद्दा उठाएको छ ।
संगठनको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्ने विषयमा पनि विवाद देखिएको छ । अध्यक्षमा पदमा वर्तमान अध्यक्ष गणेश बस्नेत, माधव नेपाल, गणेश पाण्डे, टीका बिष्टले दाबी गरिरहेका छन । अन्य पदाधिकारीमा पनि धेरैको दाबी रहेकाले नेतृत्वलाई मिलाउन सकस देखिएको हो । १५१ सदस्यीय कमिटी बनाउने भनिए पनि अघिल्लो कमिटी ३५१ सदस्यीय बनाएपछि मिलाउन नेतृत्व प्रयास विफल भएको एक नेताले बताए । शनिबार बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुने जानकारी प्रतिनिधिहरूलाई दिएपनि ढिला गरी बन्दसत्र सुरु भएको छ । आज सकिने भनेको महाधिवेशन लम्बिने देखिएको छ ।
फेसबुक प्रतिक्रियाहरु