नागरिक रैबार
बाजुरा २५ असोज
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बाजुरामा ७ सय ४९ जना म्यादी प्रहरी छनोट गरिएका छन् ।
जसमध्ये ४ सय १९ जना गएको स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भई सफलतापुर्वक निर्वाचन सम्पन्न गर्न खटिएकालाई पुनः छनोट गरिएको छ भने ३ सय ३० जना नयाँलाई म्यादी प्रहरीमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक सुर्यबहादुर थापाले बताएका छन् ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि छनोट भएका म्यादी प्रहरीहरुले असोज २७ गते नियुक्ती पाउने छन् । छनोट भएका म्यादी प्रहरीहरुले नेपाल प्रहरी जवान सरहको ४० दिन बराबरको सुविधा पाउने छन् ।
फेसबुक प्रतिक्रियाहरु