नागरिक रैबार/बाजुरा २८ जेठ। बडिमालिका नगरपालिका वडा नं. ९का दलित वस्तिमा यूनिसेफ नेपालको आर्थिक सहयोग र बास नेपालको सहकार्यमा वडा नं. ९का टोल बिकास समितिका दलित वस्तिमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सरसफाई तथा खानेपानी सुुद्धीकरण गर्नका लागि पीयूष, साबुन, स्यानिटाईजर,मास्क,थर्ममिटर लगायतका सामाग्री सहयोग गरेको हो ।
यूनिसेफ नेपालको आर्थिक सहयोग र वास नेपालको सहकार्यमा वडा भित्रका सम्पूणर् टोल बिकास समितिका महिला तथा परुष लाई ५०० मुल्य बराबरको स्वास्थ्य सामाग्री अध्क्षय सूर्य किरण बिकले हस्तान्तरण गरेका हुन ।
वास नेपालकी मनोसामाजिक कार्यक्रता सुनिता जोशिले महिला तथा परुष गरी २० जनालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै उनले बिभिन्न रोगहरु लाग्न बाट बच्नका लागि सुुद्धीकरण गरेको पानी पिउने र साबुन यानिटाईजर,मास्क,थर्ममिटर जस्ता सामाग्री प्रयोग गनर् हुन पनि सुझाब दिनु भएको छ ।
उनले प्राप्त सामाग्रीको सदुपयोग उपयोग गर्न समेत आग्रह समेत गरेकी छन ।
फेसबुक प्रतिक्रियाहरु