होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सदरमुकाम मार्तडीबजार सुनसान बन्दै
समाचार

सदरमुकाम मार्तडीबजार सुनसान बन्दै

  • नागरिक रैबार
सदरमुकाम मार्तडीबजार सुनसान बन्दै

नागरिक रैबार/बाजुरा २८ बैशाख । बाजुरा सदरमुकाम समेत रहेको मार्तडी बजार सुनसान बनेको छ । स्थानीय तहको निर्बाचान आउन २ दिन बाँकी रहेपछि सदरमुकाम मार्तडीमा विभिन्न व्यवासाय गर्दै आएका मतदाताहरू सदमुकाम छाेडेर मत खसाल्न गाउँतिर गएपछि सदरमुकाम मार्तडी सुनसान बनेको हो ।

सदरमुकाम मार्तडीमा रहेकाे बडीमालिका नगरपालिका वडा नम्बर ८ र ९ का मतदाताबाहेक अन्य सवै मतदाताहरू गाउँमा गएका छन् ।
सदरमुकाममा मार्तडी बजारमा स्थानिय भन्दा बढि ब्यापारी र मतदाताहरू सदरमुकाम बाहिरका रहेकाले चुनावकाे मिति नजिकिएसंगै सबै गाउँ तिर गएपछि सदरमुकाम सुनसान बनेको छ । अधिकांस ब्यापारीहरु मंगलबार देखी नै होटल पसल बन्द गरेर मतदान गर्न गाउँ गईसकेका छन ।

बुधबार बिहान छुटपिट खोलीएका होटल पसलहरु पनि बन्द गरेर गईसकेका देखिन्छन। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मार्तडी छाडेर घर जानेहरूको लर्को लागेको छ । जिल्ला बाहिर र जिल्लाका बिभिन्न गाउँमा जाने मानिसहरू धमाधम फर्किन थालेका हुन् ।

विज्ञापन

५ वर्षपछि स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने मतदाताहरू उत्साहित देखिन्छन् । गाउँ फर्किनेहरूको संख्या बढिरहेकोले सवारीहरूमा सर्वसाधारण खचाखच भरिएका छन् ।
सदरमुकाम मार्तडीबाट कोल्टी सम्म जान पनि महगोँ भाडा तिरेर मतदान गर्न जाने गरेको खुल्नमा आएको छ । मार्तडी कोल्टी सडक ४२ किलोमिटरमा प्रति ब्यक्ती २ हजार रुपैँया तिरेर भए पनि मतादन गर्न गाउँमा जाने गरेको पाईएको छ । कतिपय गाडीहरु उम्मेदवारहरुले नै बुक गरेर लिने गरेकाे पाइएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि