यतीबेला देश चुनाबी माहोलमा छ । यो माहोलमा उम्मेदवारहरु आफ्नो प्रचारप्रसामा ब्यस्त छन् । चुनाबी प्रचारप्रसारमा पुरुषलाइ त केहि अप्ठ्यारो हुँदैन तर महिलालाइ भने साह्रै अप्ठ्यारो हुने गरेको छ । महिला उम्मेदवारहरुलाइ प्रचारप्रसारको दौडधुप एकतिर हुन्छ भने घरको कामधन्दा अर्कोतिर । किनभने महिला उम्मेदवार महिलाले चुनाबी प्रचारमा मात्रै नभएर अन्य सबै क्षेत्रको काममा सबै घरको कामलाइ ठिक्क पारेर अन्य काममा जानुपर्ने हुन्छ ।
बडिमालिका नगरपालिकामा एमालेबाट नगरउपप्रमुख पदका उम्मेदवार नन्दा थापालाइ पनि जीबनमा धेरै संघर्ष गर्नुपर्यो । घरको जेठी छोरी, त्यसैमा उतीबेलाको समय छोरीलाइ त्यती धेरै स्कुलमा लगाउदैनथे । उनको सम्झना भएअनुसार ७।८ बर्षमा उनी स्कुल भर्ना भइन । साहेद त्यो समयमा, उनी लगायत उनको कक्षाकोठामा पुरुषको १० जना छात्र मध्ये, ३ जना जती छात्राको उपस्थिती हुन्थ्यो । तर त्यस्तो परिस्थीतमा पनी उनको बुवा आमाकोकृषी पेशाबाटै भएपनि सरकारी स्कुलमा पढ्ने अबसर पाइन् । बिस्तारै पढ्ले,लेख्ने, र नयाँ कुराको जानकारी लिने हुन थालिन् ।
बाजुरा एक आफैमा गरिबी भएको जिल्ला, त्यसैमा महिलालाइ हरेक कुरामा पछाडि पार्ने हाम्रो समुदायको पुरानो पृतिसत्ता सोचले जगडिएको समुदायमा महिलालाइ अगाडी बढ्न धेरै संघर्ष र कष्ट सहनुपर्छ । उनको चेतनाको स्तरमा बृद्धी भएपछि बिस्तारै सामुदायिक रेडियोमा काम गर्ने अबसर मिल्यो । त्यो अबसर मिल्दा उनी एकदमै हर्षित थिइन । तीनलाइ त्यतिबेलै लागेको थियो, रेडियो बाट मेरा समाजका आवाज,महिलाका आवाज र समुदायको हितमा रहि काम गर्ने हुटहुटीले गर्दा उनको इच्छा पुरा भयो ।
उनको पालामा रेडियोमा काम गर्ने महिलाको संङ्गख्या उनी लगायत २ पुगेको थियो । महिलाले पनी बोल्न सक्छन्, गर्न सक्छन्,ठुल्लठुला स्थानमा पुग्न सक्छन् भन्ने सोचले अगाडी बढीन् । रेडियोमा काम गर्न थालेको केहि बर्षपछि बैबाहिक जीबनमा बाँधिन पुगिन् । संगै कामलाइ पनि निरन्तरता दिइन् । यो समुदायमा रहेर काम गर्नु,त्यसैमा महिला भएर काम गर्नु, बिबाहित हुनु उनको लागि एकदमै चुनौतीपुणर्को यात्रा थियो । काम गर्ने शिलशिलामा उनले आफ्नो पहिलो सन्तान छोरीलाइ जन्म दिइन् । अब झन् संघर्ष छोरी भइसकेपछि गर्नु थियो । घरमा श्रीमान हुन्थे, उनी पनि काम बिशेषले जानु पर्ने । झन् नन्दाको त रेडियोको जागिर जतिबेलापनी खटिनुपथ्र्यो ।
उनी सुत्केरी भएको १३ दिनमै रेडियोमा आएर काम गर्नु पर्र्योे । रेडियोमा काम गर्ने मान्छेको अभाबले गर्दा पनि होला काममा खटिनुपर्ने । काममा जानुपथ्र्यो, अफिस नजिकै थियो तर पनि काम गर्दागर्दै ढिलो हुन्थ्यो । घरमा जाँदाखेरी छोरीकोे कहिले घाँटीमा डोरी बाँधिएको, दिशा पिशाब संगै गरेको त कहिल्यै खाटबाट भुँइमा लडेको पाउथिन् । समुदायको कामले उनी त्यो छोरीको पीडालाइ सहजै भुल्थिन् । एकछिन् त उनी छोरीलाइ हेरिबस्छिन, रुन्छिन् । तर झसंग बिउझिन्छिन् । फेरी उनलाइ समुदायको आवाजले झस्काएको हुन्छ । किनकी कामले गर्दा उनलाइ बेचैन हुन्छ, उनी सोच्छिन्, मैले समुदायको आवाज बोल्नुछ, गाउँसमुदायका रेडियोमार्फत सवाल सुनाउनु छ भनेर फेरी छोरीलाइ उहि अबस्थामा छोडेर काममा लाग्छिन् ।
दिनचर्या बित्दै गयो, बिभिन्न ठाउँमा अबसर प्रदान हुन थाले, बाजुराबाट पनी महिला पत्रकारको माग हुन थाल्यो । त्यसै मागअनुसार उनी छोरीलाइ काखमा च्याप्दै च्याप्दै बिभिन्न कार्यक्रम, तालिम गोष्ठिमा सहभागि हुन थालिन् । सहभागि हुँदाहुँदै पत्रकारिता पेशाबाटै बिभिन्न मिडिया सम्म आबद्ध हुन् थालिन् । जिल्लाका महिला पत्रकारको प्रतिनिधीत्व बनिन् । जिल्लाबाट महिला, बालबालिका, सिमान्तकृत बर्गका आवाजहरु संकलन गरेर रिपोटिङ्ग गर्न थालिन् । यो क्रम चल्दै गयो र उनको क्षमता बिकास पनी हुँदै गयो । जसले गर्दा बाजुरामा पनी केहि गर्ने खालका महिला पत्रकार छन् भन्ने कुराको बिश्वास हुन थाल्यो ।
उनी त्यसपछि क्षमताको कारणले गर्दा राष्ट्रिय मिडियामा पनी बिभिन्न रिपोटिङ्ग गर्न थालिन् । देशकै नमुमा रेडियो सिआइएनमा पनी दैनिक रिपोट पठाउने गरिन्, कार्यक्रम उत्पादनमा पनी त्यस्तै छलाङ्ग मारिन्, जस्ले गर्दा उनी झनै परिचित हुन थालिन् । उनी पत्रकारिता पेशामा एकदमै सन्तुष्ट थिइन् । जीबन लगातार पानीको बेग अनुसार बगिरह्यो । निडर,सक्षम ब्यक्ति भएकै कारणले होला उनी पत्रकारिता क्षेत्रबाट कहिल्यै पछाडि फर्किनु परेन । रिपोटिङ्गकै आधारबाट उनले साढे ३ सय सामुदायिक रेडियो, ३ हजार बढी रेडियोकर्मीबिच रिपोटिङ्ग बिधामा बाजुराबाट पुरस्कृत भएकि छन् ।
काम गर्दागर्दे उनी पहिले पत्रकार महासंघको कोषाध्यक्ष हुँदै सचिब पदमा बसेर समेत काम गरिन् । नहुँदै उनी २०७८ सालमा प्रेस चौतारीको जिल्ला अधक्षको भुमिकामा पनी रहिन् । उनलाइ पत्रकारीता गर्ने धोको थियो, तर धोका हुँदाहुँदै उनले पत्रकारिता पेशालाइ राजिनामा दिनुपर्यो । किनभने पत्रकारितामार्फत गरेको कामलाइ फेरी राजनीतिबाट अगाडी बढाउने अठोट लिइन् र यो निणर्य लिइन् । अहिले उनी बडिमालिका नगरपालिकाको उपप्रमुखमा चुनाब लड्दै छिन् ।
नेकपा एमालेबाट २०७९ मा उम्मेदवार बनाएका चार जना उपप्रमुख र ५ जना उपाध्यक्ष मध्ये थापा सबै भन्दा कान्छी उम्मेदवार हुन् । राजधानी दैनिक सामुदायिक रेडियो सूचना नेटवर्क सिआइएन सहीतका मिडीयासँग आवद्ध थापा रेडियो पत्रकारिताबाटै समाजमा परिचीत र स्थापित छन् ।रेडियो कार्यक्रम र समाचारमा राम्रो क्षमता राख्ने थापाले पत्रकारिता क्षेत्रबाटै राष्ट्रिय स्तरको सम्मान प्राप्त गरेकी छन् । स्नाकोक्तर तहमा अध्ययनरत थापाले सामाजिक समस्या र सवाललाई बर्षौदेखि उठान गर्दै आएकी छन् ।
बाल अधिकार, महिला अधिकारी, जातीय विभेद र सामाजिक न्यायका सवालमा रेडियो कार्यक्रम सञ्चार गर्ने र समाचार लेख्दै आएकी थापालाई बडीमालिका मात्र नभइ जिल्ला भित्र र बाहिरका श्रोता पाठकले राम्ररी चिन्ने गरेका छन् ।लामो समय समाज विकास, सामाजिक न्याय, सामाजिक समस्याको वकालत र बहस पैरवी गर्ने हुँदा नेकपा एमाले बाजुराले थापालाई रणनीतिक उम्मेदवारका रुपमा अघि सारेको हो । समाजमा राम्रो प्रभाव राख्ने र परिचित पात्र भएकै कारण नेताहरुले थापालाई अघि सारेको बुझीएको छ ।
पत्रकार महासंघ, प्रेस चौतारी जस्ता संस्थाको नेतृत्व गरेको अनुभवले पनि काम गर्न सहज हुने विश्वास थापाको छ । राजनीतिमा आउने हतार थिएन्, मैले गर्ने पत्रकारिताले सवाल उठान गर्ने काम गर्यो, समाजलाई चिनायो, समाजको चित्र अध्ययन गर्ने अवसर दियो, अब ती सवाललाई समाधान गर्न आफ्ना उम्मेदवार रहेको थापाको भनाई छ ।
पत्रकारिता क्षेत्रले मात्र होइन्, समाजका दुख बोल्ने मेरो जिम्मेवारीलाई पनि सबैले मूल्याकंन गरेर मतदान गर्न अपेक्षा राखेकी छु, प्रत्येक राजनीतिमा लागेर कार्यकर्ताको रुपमा सेवा गर्न नपाएपनि सामाजिक सवाललाई स्थापित गर्न र सामाजिक जागरणका लागि दशक लामो यात्रा र अनुभवको पनि मतदाताले सम्मान गर्ने थापाले विश्वास छ ।
पत्रकारिता क्षेत्रबाटै राजनीतिमा स्थापित अमर खड्काको टिममा रहेर काम गर्ने अवसर मिलेको छ, हामीले बुझेको समाज र समाज विकासको सपना सहीत सर्वसम्मत उम्मेदवारको रुपमा एमालेबाट चुनाव लड्न लागेको थापाको भनाई छ । थापाको प्रतिद्धन्द्धी नेपाली काँग्रेसबाट राधीका सिंहले उम्मेदवारी दिएकी छन् । उनले सम्पुणर् नेता तथा कार्यकर्ताहरुलाइ पाटीलाइ भन्दा पनि राम्रो मान्छेलाइ बुझेर मतदान गर्न पनि आग्रह गरेकि छन् ।
फेसबुक प्रतिक्रियाहरु