होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’मा प्रमोद खरेल र राजा राजेन्द्रको प्रस्तुती रहने
समाचार

‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’मा प्रमोद खरेल र राजा राजेन्द्रको प्रस्तुती रहने

  • नागरिक रैबार
‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’मा प्रमोद खरेल र राजा राजेन्द्रको प्रस्तुती रहने

धनगढीः धनगढीमा हुने तेस्रो ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को तयारी अन्तिम चरणमा पुगेको छ। २९ गते धनगढीको रिद्धिसिद्धि पार्टी प्यालेसमा हुने अवार्डको तयारी अन्तिम चरणमा पुगेको हो।

मनोनयमनमा परेका खेलाडी र प्रशिक्षक धनगढी आउने क्रम सुरु भएको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव तथा कार्यक्रमका संयोजक प्रदीप पाठकले बताए। उनका अनुसार २९ गते दिउसो ३ बजेदेखि सुरु हुने कार्यक्रममा गायक प्रमोद खरेल र हास्य कलाकार राजा राजेन्द्र पोखरेलको प्रस्तुती रहने छ। अवार्ड कार्यक्रममा प्रवेश भने निशुल्क रहेको छ।

उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ।

विज्ञापन

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

स्पोर्टस अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी रहेको छ। मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ। प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन्। त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाडौंको मास ह्युम रिसोर्स र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ।

वर्ष युवा खेलाडीलाई निसर्ग अस्पताल, वर्ष प्रशिक्षकलाई सारथी अस्पताल, सुदूरपश्चिम आइकन पुरुष विधालाई माया मेट्रो हस्पिटल, सुदूरपश्चिम आइकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ।

त्यस्तैगरी स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होम र न्यू सिटी पोलिक्लिनिकले लाईफटाईम एचिभमेन्ट अवार्ड प्रायोजन गरेको छ। अवार्डको सह–प्रायोजकमा ठाकुर एग्रो ईन्ड्रष्टिजक, केल्मी र नवजीवन को–अपरेटिभ्स रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार