होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीलाई भने : अहिले एमसीसी पास गर्न सकिँदैन
समाचार

प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीलाई भने : अहिले एमसीसी पास गर्न सकिँदैन

  • नागरिक रैबार
प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीलाई भने : अहिले एमसीसी पास गर्न सकिँदैन

२७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी परियोजनाबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित गर्नुपर्ने बताएका थिए । तर, प्रचण्ड र नेपालले भने चुनाव अगाडि एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसकिने जानकारी गराएको स्रोतले बतायो ।

यसअघि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए । सत्ता साझेदार दलहरूबीच एमसीसीको विषयमा एकमत नभएपछि देउवा दबावमा छन् । नेपाली कांग्रेस र जसपा जतिसक्दो छिटो एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भने एमसीसी जस्ताको तस्तै पास गर्न नहुने पक्षमा छन् ।

विज्ञापन

यसअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्न चार/पाँच महिनाको समय मागेर एमसीसीलाई पठाएको पत्र अनलाइनखबरले पहिलोपटक सार्वजनिक गरेको थियो । एमसीसी पारित गर्न हुँदैन भन्दै आएका प्रचण्ड उक्त पत्र सार्वजनिक भएपछि संकटमा परेका छन् ।

एमसीसीलाई संसदमा प्रवेश गराउने कि नगराउने भन्ने विषयमा सभामुख अग्नि सापकोटा निर्णायक अवस्थामा रहेका छन् । तर, यस विषयमा बहस र विवाद जारी रहेकाले संसद बैठक पनि पटक–पटक स्थगित हुँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार