होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २८ माघदेखि खुलाइँदै पशुपतिनाथ मन्दिर
समाचार

२८ माघदेखि खुलाइँदै पशुपतिनाथ मन्दिर

  • नागरिक रैबार
२८ माघदेखि खुलाइँदै पशुपतिनाथ मन्दिर

काठमाडौं– कोरोना महामारीको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर २८ माघदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले बुधबार जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको २३ माघको आदेशानुसार मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको उल्लेख छ ।

कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो । कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जारी गरेको सूचनामा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ ।

विज्ञापन

कोरोना संक्रमण बढ्न थालेपछि यही ५ माघदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर बन्द भएपछि नित्य पूजा मात्र भइरहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार