होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लाइसेन्स परीक्षामा आधाभन्दा बढी डाक्टर फेल !
समाचार

लाइसेन्स परीक्षामा आधाभन्दा बढी डाक्टर फेल !

  • नागरिक रैबार
लाइसेन्स परीक्षामा आधाभन्दा बढी डाक्टर फेल !

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको नाम दर्ता परीक्षा (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन् ।

पुस २२ देखि २५ गतेसम्म एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका छन् भने १ हजार १०६ जना अनुत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार बीडीएसतर्फ १७७ जना (४०.९७ प्रतिशत) र एमबीबीएसतर्फ ८७१ जना (५०.५८ प्रतिशत) उत्तीर्ण भएका छन्।

काउन्सिलका अनुसार एमबीबीएसतर्फ १७३४ जनाले आवेदन दिएका थिए भने १२ जना अनुपस्थित रहेका र बीडीएसतर्फ ४३५ जनाले आवेदन दिएकोमा ३ जना अनुपस्थित भएका थिए ।

विज्ञापन

३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सकिने

काउन्सिलले परीक्षाको नतिजा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सकिने जनाएको छ । पुनर्योगका लागि एक हजार ५ सय दस्तुर बुझाइ परीक्षार्थीको नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेलमा आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

पुनर्योगका लागि नेपाल एसबीआई बैंक, नेपाल राष्ट्रिय बाणिज्य बैंकमध्ये एउटा बैंकमा काउन्सिलको खाता नम्बरमा जुनसुकै माध्यामबाट दस्तुर बुझाउन सकिने काउन्सिलले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार