होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बालेनको लौरो नुवाकोटे जनताको टाउकोमा बजारियो : एमाले सांसद खतिवडा
समाचार

बालेनको लौरो नुवाकोटे जनताको टाउकोमा बजारियो : एमाले सांसद खतिवडा

  • नागरिक रैबार
बालेनको लौरो नुवाकोटे जनताको टाउकोमा बजारियो : एमाले सांसद खतिवडा

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थाापनको नाममा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको भन्दै विरोध गरेका छन् ।

बिहिबार प्रतिनिधिसभामा बोल्दै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले स्थानीय निर्वाचनमा पाएको चुनाव चिन्ह लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिएको टिप्पणी गरे । ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ’ सांसद खतिवडाले भने ।

काठमाडांै महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडा जाँदै गर्दा स्थानीयसँग प्रहरीको झडप भएको थियो । सोही झडपतर्फ संकेत गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन् । सांसद खतिवडाले थपे, ‘सभामुख महोदय, यही जेठ महिनाको २४ र ३५ गते नुवाकोट जिल्लाको ककनी र धादिङको धुनीबेँसी बीचमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनताहरुमाथि प्रहरी दमन भएको छ ।’

विज्ञापन

फोहोर व्यवस्थापनको नाममा नुवाकोटमा १७ बर्ष अगाडिदेखि वेतिथी भएको उल्लेख गर्दै उनले स्थानीय जनताको जायज माग सुनेर, ति मागहरु पुरा गरेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था गर्नका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै