होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिपाठीको प्रश्न- थारु र मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने ?
समाचार

त्रिपाठीको प्रश्न- थारु र मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने ?

  • नागरिक रैबार
त्रिपाठीको प्रश्न- थारु र मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने ?

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले बर्दियामा बाघबाट बचाउन माग गर्नेलाई गोली हानेर मारिएको भन्दै प्रहरी प्रशासनको आलोचना गरेका छन् ।

आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै त्रिपाठीले थारु र मधेसीमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाए । उनले भने, ‘बर्दियामा बाघबाट बचाउन आग्रह गर्दा पुलिस रुपी राक्षसबाट बर्दियामा मृत्यु भयो । थारु र मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुने हो ?’

उनले लाल आयोगको प्रतिवेदनमा यथार्थमा पुलिसले गरेको ज्यादतीको फेहरिस्त भएकाले सरकारले त्यसलाई सार्वजनिक नगरेको जिकीरसमेत गरे ।

विज्ञापन

भ्रष्टाचारको काममा घुमुवा प्रहरीले विचौलिया र दलालको काम गरेको भन्दै उनले घुमुवा भनेर गाउँगाउँमा पठाउने काम बन्द गर्न नेपाली प्रहरीको नेतृत्वलाई सुझाव दिए ।

उनले आईटी क्षेत्रमा हुने घोटालाको एउटा उदाहरण इम्बोस्ड नम्बर प्लेट भएको र हज कमिटीको नाममा पार्टीका केही कार्यकर्ता पालिने गरेको भन्दै आलोचनासमेत गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै