होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, पुस १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बागीलाई कुनै पनि हालतमा माफी दिइने छैनः देउवा
समाचार

बागीलाई कुनै पनि हालतमा माफी दिइने छैनः देउवा

  • नागरिक रैबार
बागीलाई कुनै पनि हालतमा माफी दिइने छैनः देउवा

धनगढीः नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै हालतमा माफी नदिने चेतावनी दिएका छन्। सोमबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले बागीलाई कारवाही गर्ने चेतावनी दिएका हुन्।

‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’ देउवाले भने, ‘अहिले भन्न चाहन्छु। बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन। बागी उठ्दा हामीले पहिले पनि हारेकै हो। अहिले पनि बागी उठेर पार्टी हार्‍ यो भने कुनै पनि हालतमा माफी गरिने छैन।’

देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुनसक्ने बताएका छन्। ‘संसद विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्नसक्छ,’ उनले भने, ‘संसद विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्न सक्छ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार