होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
समाचार

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभाको नवौँ अधिवेशन (हिउँदे अधिवेशन) अन्त्य भएको छ। प्रदेशसभाको शुक्रबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर हिजो राति १२ बजेदेखि अन्त्य गरिएको जानकारी गराएका हुन्।

यही चैत १३ गते हिउँदे अधिवेशन सुरु भएको थियो। यो अधिवेशनका बैठकले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक र दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित गरेको छ। पर्याप्त काम (बिजनेश) नहुँदा प्रदेशसभाको हिउँदे अधिवेशनअन्तर्गतका नियमित बैठक यो अवधिमा तीन पटक सूचना टाँस गरी स्थगित गरिएको थियो।

हिजोको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र आर्थिक मामिलामन्त्री तारालामा तामाङले छुट्टाछुट्टैरूपमा मन्त्रालयको कामसँग सम्बन्धित विषयमा उठाइएका जिज्ञासाका बारेमा सदनलाई जानकारी गराएका थिए।बैठकको प्रारम्भमा दिइएको शून्य समयमा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, कुन्ती जोशी, महेशदत्त जोशी र रतन थापाले प्रदेशका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार