होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलाली र कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको काम अधुरै
समाचार

कैलाली र कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको काम अधुरै

  • नागरिक रैबार
कैलाली र कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको काम अधुरै

नेपाली सेनामार्फत कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा निर्माण सुरु भएको होल्डिङ सेन्टरको काम अझै पूरा भएको छैन। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ र भीमदत्त नगरपालिका वडा नम्बर १८ मा एक/एक हजार शय्याका होल्डिङ सेन्टर निर्माणको काम थालिएकोमा अझै पूरा नभएको हो।

नेपाली सेनामार्फत हनुमान कन्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरिरहेको छ। कैलालीमा ७५ प्रतिशत र कञ्चनपुरमा ८५ प्रतिशत निर्माणको काम पूरा भएको निर्माण कम्पनीको दाबी छ। भौतिक संरचनासमेत निर्माण पूरा नभएकाले होल्डिङ सेन्टर सञ्चालनमा समय लाग्ने देखिएको छ।

होल्डिङ सेन्टर सञ्चालनमा नआएकाले भारतबाट फर्किएका नेपालीको व्यवस्थापनमा अझै समस्या हुने देखिएको छ। होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्स्ट्रक्सनका प्रतिनिधि यज्ञपुरुष न्यौपानेले धनगढीमा ७५ र भीमदत्तमा ८५ प्रतिशत भौतिक प्रगति भएको बताए।

विज्ञापन

उनले भने, ‘धनगढीको भौतिक प्रगति ७५ प्रतिशत छ। एक हप्तामा दुई सय शय्या प्रयोग गर्न सक्ने बनाउछौ। तर सडक, बिजुली र खानेपानीको समस्या छ। कुन निकायले व्यवस्थापन गर्ने टुंगो लागेको छैन।’

त्रिनगर–गौरीफन्टा सीमा नाका हुँदै स्वदेश फर्किनेहरुका लागि बडहरा र गड्डाचौकी सीमा नाका भएर फर्किने नेपालीका लागि भीमदत्त नगरपालिका–१८ सालघारीमा होल्डिङ सेन्टर निर्माण भइरहेको हो।

सालघारीको होल्डिङ सेन्टरको भौतिक प्रगति पनि ८५ प्रतिशत मात्र छ। एक होल्डिङ सेन्टरको सम्झौता रकम २८ करोड ८१ लाख छ। उनले भने, ‘होल्डिङ सेन्टरमा एक हजार शय्या हुने छन्। हामीले शय्या राख्ने हो। अन्य सामाग्रीहरु सरकारले व्यवस्था गर्ने छ।’दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार