होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तीन दिनभित्र त्रिविको ताला नखोले फुटाइदिने अनेरास्ववियुको चेतावनी
समाचार

तीन दिनभित्र त्रिविको ताला नखोले फुटाइदिने अनेरास्ववियुको चेतावनी

  • नागरिक रैबार
तीन दिनभित्र त्रिविको ताला नखोले फुटाइदिने अनेरास्ववियुको चेतावनी

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिलगायत पदाधिकारीका कार्यकक्षमा लगाएको ताला तीन दिनभित्र खोल्न अनेरास्ववियुले आग्रह गरेको छ।गत माघदेखि नेविसंघले त्रिविमा ताला लगाएको थियो।अनेरास्ववियु अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति निकालेर तीन दिनभित्र ताला खोल्न भनेकी छन्।

‘प्राध्यापक वर्ग डर त्रासमा छन, र विद्यार्थीहरु चिन्तित छन्। देशको जिम्मेवार संगठन हुनुको कर्तव्यबोधले हामीलाई बाध्य बनाएको छ- अबको ३ दिनभित्र विश्वविद्यालयको काम सुचारू नबनाए अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय संचालन गर्न सहयोग गर्नेछ,’ उनले भनेकी छन्, ‘त्यस पछाडि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न हामी तयार छौं। उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मावार स्वयं सरकार र सम्बन्धित पक्ष हुने चेतावनी दिन चाहान्छौं।’

विश्वविद्यालयमा एक गैर–राजनीतिक गिरोहले तालाबन्दी गरेकोसमेत अनेरास्ववियुले उल्लेख गरेको छ।

विज्ञापन

‘जसले त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउने माथि ज्यान मार्ने उद्देश्यले गरेको आक्रमण पछि अदालतबाट माग गरेको धरौटी रकम विश्वविद्यालयबाटै असुल गर्ने अभिप्रायले गरेको तालाबन्दीलाई वैधानिकता दिने काम मात्र गरेन राज्यको प्रहरी प्रशासनको उपस्थितिमा ताला लगाउने र ताला लगाउनेलाई पूर्ण सुरक्षा सहित संरक्षण गर्ने काम पनि गर्यो । यसका नजिर र पुष्टिहरु तपाई हाम्रो अगाडि नै छर्लङ्ग छन्,’ विज्ञप्तिमा उल्लेख छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार