होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार महासंघ डडेलधुरा शाखा कार्यालयमा तोडफोड
समाचार

पत्रकार महासंघ डडेलधुरा शाखा कार्यालयमा तोडफोड

  • नागरिक रैबार
पत्रकार महासंघ डडेलधुरा शाखा कार्यालयमा तोडफोड

नेपाल पत्रकार महासंघ डडेलधुरा शाखाको कार्यालय भवनमा अज्ञात समुहले तोडफोड गरेका छन् । सो घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले आइतबार जारी गरेको विज्ञप्तिमा ताला लगाइरहेको उक्त भवनको ताला तोडेर अज्ञात समूहले शाखाले निर्माण गरेको आइसोलेसन सेन्टरमा रहेको दराज तोडफोड गर्नुका साथै सभाकक्ष, स्टोरलगायतमा क्षति पु¥याउने काम गरेको उल्लेख गरिएको छ ।

जुनसुकै उद्देश्यले भए पनि सार्वजनिक हितका लागि निर्माण भएको भवनमा यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै शान्तिसुरक्षा र अमनचैनविरुद्धको कार्य हो । महासंघ घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै