होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुर्घटनाग्रस्त विमान दुई टुक्रा तर सबै सकुशल
समाचार

दुर्घटनाग्रस्त विमान दुई टुक्रा तर सबै सकुशल

  • नागरिक रैबार
दुर्घटनाग्रस्त विमान दुई टुक्रा तर सबै सकुशल

काठमाडौँ – डीएचएलद्वारा संचालित एक कार्गो विमान कोस्टारिकाको जुआन सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्दा दुई टुक्रा भएको छ । बोइङ ७५७–२०० कार्गो विमान जुआन सान्तामारियामा नाटकीयरुपमा आपतकालीन अवतरण गरिएको थियो ।

अवतरणका क्रममा विमान चिप्लिएपछि विमानको पुच्छर छुट्टिएर दुई टुक्रा भएको थियो । साथै विमानको पखेटा समेत भाच्चिएको थियो । तर आश्चर्यजनक कुरा के हो भने विमानमा सवार कसैलाई पनि केही भएन । विमानमा भने चालक दलका सदस्यहरुमात्र रहेका थिए । तर विमानमा रहेका एकजनाको भने स्वास्थ्य परिक्षण गरिएको थियो ।

विज्ञापन

कोस्टारिकाको पत्रिका ला नासियोनले प्रकाशित गरेको तस्विर अनुसार पहेलो रंगको विमानमा आगो निभाउने फोमको प्रयोग गरिएको थियो । विमान ग्वाटेमालाका लागि उडेको भएपनि हाइड्रोलिक सिस्टममा खराबी आएपछि चालकले आकस्मिक अवतरण गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार