होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका बैशाख ४ गतेबाट टाईफाईड विरुद्धको खोप लगाईने
बाजुरा बिशेष

बाजुराका बैशाख ४ गतेबाट टाईफाईड विरुद्धको खोप लगाईने

  • नागरिक रैबार
बाजुराका  बैशाख ४ गतेबाट टाईफाईड विरुद्धको खोप लगाईने

नागरिक रैबार/बाजुरा २५ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइने भएको छ ।

देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने  स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाजुराको खोप समन्वय समितिले शुक्रबार पत्रकार र सरोकारवाला निकायलाइ एक औपचारिक कार्यक्रमको आयोजना गरेर बाजुरामा आगामी बैशाख ४ गतेबाट सूरु गरिने टाईफाईड विरुद्धको खोप अभियान सञ्चालन गर्ने बारे जानकारी गराएको छ ।

विज्ञापन

कार्यक्रममा बाजुरामा खोप अभियान संचालन गर्ने तयारी पुरा भएको स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख वरिष्ठ जनस्वास्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । उनका अनुसार खोप अभियानका लागि जनशक्ति परिचालन, तालिम तथा खोप केन्द्रको तयारी भइसकेको छ ।

बाजुरामा १५ महिना देखी १५ बर्ष सम्मका ५९ हजार ३८ जना बालवालिकालाई खोप लगाउने तयारी रहेको कार्यालय प्रमुख पन्तको भनाई छ । टाइफाइड विरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन लागिएको हो । सो अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग गरिने स्वास्थ्य कार्यलय बाजुराका सुचना अधिकारी महेश चन्द्रले वताएका छन् ।

यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ । खोप केन्द्र स्वास्थ्य केन्द्र र बिद्यालयमा राखिने भएको छ । जिल्लाका ३ सय ४८ ठाउँमा रहेका खोप केन्द्रमा ३ सय ४८ स्वास्थ्यकर्मी र ६ सय ७६ स्वयसेवक परिचालन हुने सुचना अधिकारी चन्दले बताएका छन् ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए ।  सो कार्यक्रमको संचालन तथा सहजीकरण स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी महेश चन्दले गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार