नागरिक रैबार/बाजुरा २४ पुस। नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र अझै सूरु हुन सकेको छैन् ।
शुक्रबार उद्धघाटन् भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र आज शनिबार विहान ११ बजेबाट हुने भनिएको थियो । प्रतिकुल मौषम र सवै प्रतिनिधि एकै ठाउँमा अटाउने सभाहल नभएपछि बन्द शत्रको कार्यक्रम सुरु हुन नसकेको एमाले जिल्ला कमिटी सचिव भरत बुढाले बताएका छन् ।
उहाँका अनुसार बन्द शत्र केही समयपछि बाजुरा क्याम्पसमा सुरु गरिने छ । अधिवेशनमा जिल्ला भरबाट ४ सय ६३ जना प्रतिनिधिहरु सदरमुकाम मार्तडीमा आएका छन् ।
फेसबुक प्रतिक्रियाहरु