नागरिक रैबार/बाजुरा २३ असार।बुढीगंगा नगरपालिकामा आज भएको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । नगरका १० मध्ये ९ नम्बर वडा बाहेक अन्य ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको हो ।
९ नम्बर वडामा रहेको त्रिशक्ती माविको मतदान केन्द्रमा भने एमाले र सत्ता गठबन्धनका कार्यकर्ताविच सामान्य विवाद हुँदा १५ मिनेट मतदान स्थगित गरी पुनः सूचारु गरिएको थियो ।
आज भएको निर्वाचनमा नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका रामबहादुर बानियाँको गह वडा ८ नम्बर हो । उनको वडामा १ हजार ५९ मतदाता छन् । जसमध्ये ७ सय मत खसेको छ ।
त्यस्तै नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार बनेका रंगबहादुर खातिको गृह वडा ४ नम्बर हो । जहाँ आज भएको निर्वाचनमा १२ सय १० मत खसेको छ । यस अघि बैशाख ३० गते भएको निर्वाचनमा खातिको वडामा सवै भन्दा बढी ९९ प्रतिशत मत खसेको थियो ।
जिल्ला सुरक्षा समितिले बुढीगंगामा आज भएको निर्वाचनलाई शान्तिपूणर् र भयरहित बातावरणमा सम्पन्न गर्न बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेपछि नगरका १० वटै वडामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ ।
हेर्नहोस कुन वडामा कति खस्यो मत ?
फेसबुक प्रतिक्रियाहरु