नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा गोली चलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षीय हर्षराम यादव छन् ।
जेठ २३ मा उनले जिल्ला अदालत परिसरमा १ राउण्ड फायर गरेका प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई सुनवल नगरपालिका–९ स्थित बनकट्टीबाट पक्राउ गरिएको नवलपरासी पश्चिमका एसपी ऋषिराम कँडेलले रातोपाटीलाई बताए । यादवको साथबाट एकथान अमेरिकन पेस्तोल र म्यागेजिन बरामद गरिएको छ ।
आरोपीले उनकै काकी ३० वर्षीया रोशनी यादवलाई लक्षित गरेर गोली चलाएका थिए । उनीहरुको अंशवण्डा मुद्दा जिल्ला अदालतमा चलिरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु