होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नास्टका वैज्ञानिकसहितको टोली सिसडोल जाँदै
समाचार

नास्टका वैज्ञानिकसहितको टोली सिसडोल जाँदै

  • नागरिक रैबार
नास्टका वैज्ञानिकसहितको टोली सिसडोल जाँदै

काठमाडौं । काठमाडौंको फोहोर बिसर्जनस्थल नुवाकोटको सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको असरबारे अध्ययन गर्न विज्ञहरुको टोली आज सिसडोल जाँदैछ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाईं जोशी, काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राई, मेयर बालेन साहको सचिवालयमा रहेका फोहोर व्यवस्थापन विज्ञ इ. सुनिल लम्साल, अमृता पौडेलसहितको टोली आज मध्याह्न सिसडोल जान लागेको हो ।

विज्ञसहितको टोलीले सिसडोलबाट निस्किएको लिच्चड, पानीको स्रोत र ग्याँसको परीक्षणका लागि नमूना संकलन गर्नुका साथै फोहोरको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गर्ने टोलीका एक जना सदस्य सुनिल लम्सालले जानकारी दिए ।

विज्ञापन

यसअघि जेठ २० गते मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले सिसडोल क्षेत्रको भ्रमण गरी एक हप्ताभित्र दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए । दुर्गन्ध हटाउन जैविक तत्व प्रयोग गर्ने तयारी छ । दुर्गन्ध हटाउने जैविक तत्व कति मात्रा प्रयोग गर्ने, कसरी प्रयोग गर्ने भन्नेबारे अमृता पौडेल नेतृत्वको टोलीले अध्ययन गर्ने लम्सालको भनाइ छ ।

साथै त्यहाँबाट निस्किएको लिच्चडले पानीमा गरेको असरबारे अध्ययन गर्न ३ सय मिटर, ६ सय मिटर, १ किलोमिटर, २ किलोमिटर र ३ किलोमिटरको दुरीबाट पानीको नमूना संकलन गर्नुका साथै त्यहाँबाट निस्किरहेको ग्याँसबारे पनि अध्ययन गर्ने लम्सालले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार