होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • एमाले बाजुराको सातौ जिल्ला अधिवेशन आज हुँदै
बाजुरा बिशेष

एमाले बाजुराको सातौ जिल्ला अधिवेशन आज हुँदै

  • नागरिक रैबार
एमाले बाजुराको सातौ जिल्ला अधिवेशन आज हुँदै

नागरिक रैबार बाजुरा २३ पुस । नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशन आजबाट सुरु हुने भएको छ । एमालेको नयाँ नेतृत्व चयनका लागि सातौं जिल्ला अधिवेशन गर्न लागेको नेकपा एमाले बाजुराले जनाएको छ ।

जिल्ला अधिवेनशका लागि  तयारी पुरा भएको नेकपा एमाले प्रचार विभाग प्रमुख अमर खड्काले  जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार सातौ जिल्ला अधिवेशन दिउसो १ बजेबाट सुरु हुने बताए ।

एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गर्नु हुनेछ । ५ सय बढी प्रतिनिधीहरुकाे सहभागि हुने बताए ।

विज्ञापन

अधिवेशन  उद्घाटनमा सहभागी हुने एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, सह इन्चार्ज प्रकाशबहादुर शाह,सहदेव बोगटी लेखा आयोग सदस्य बसुन्धरा रोकाया लगायतका नेताहरु जिल्ला आइसकेको  खड्काको भनाई रहेको छ ।
सातौ जिल्ला अधिवेशनका लागि वडाबाट छनोट भएर आएका प्रतिनिधीहरु समेत जिल्लामा आइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार