नागरिक रैबार बैशाख २३ बाजुरा । बाजुरा जिल्लाकाे बडिमालिका वडा ९मा नमुना मतदाता निर्वाचनमा लैङ्किक सचेतना सम्वधमा महिलाहरु संग छलफल गरिएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बदरमत गर्ने उद्ेश्यले नमुना मतदान कार्यक्रममा छलफल गरेको हो । विगतको निर्वाचनमा जस्तो यस पटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदान प्रति सचेतना ल्याउन स्थानीय तहको निर्वाचनमा नमुना मतदानमा महिला पुरुष, अशक्त र बृद्धबृद्धाले लाइनमा बसि उम्मेदवारको चुनाव चिन्हमा मत दिन सिकाइएको थियो । अहिले मतदाता शिक्षा कार्यक्रम नभएकाले राजनीतिक दलले यसलाई प्रभावकारी बनाउनुपर्ने सम्बन्धमा मदनराज जैशिले बताए ।
मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा महिलाहरुलाइ नमुना मतदान जानकारी दिँदै उहाँले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउनुभएको जैशिले बताउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु