होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बिदाको दिन जताततै जुवा, टहरोमा पौने ४ लाखको खाल
समाचार

बिदाको दिन जताततै जुवा, टहरोमा पौने ४ लाखको खाल

  • नागरिक रैबार
बिदाको दिन जताततै जुवा, टहरोमा पौने ४ लाखको खाल

धनगढीः सार्वजनिक बिदाको दिन जुवातासको खाल हुन थालेपछि प्रहरीले विशेष सक्रियता देखाएको छ। महँगा होटलदेखि घर टहरासम्म जुवाडेहरु जुटेपछि प्रहरीले छापा मार्न थालेको हो। सोही क्रममा हिजो काठमाडौं, ललितपुर, बाँके र दाङमा जुवाडेहरु पक्राउसँगै प्रहरीले १३ लाख रुपैयाँभन्दा बढी बरामद गरेको छ।

काठमाडौंको कलंकीस्थित लुम्बिनी खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट नगद २२ हजार २ सय रुपैयाँ र तीन बुक तास बरामद गरेको छ। उता ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल सेतीपाखास्थित एक बहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा २४ जनालाई हिजो बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट नगद ३ लाख ८५ हजार ३ सय ३० रुपैयाँ र आठ बुक तास बरामद गरेको छ।

दाङको घोराही उपमहानगरपालिका–१५ स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटल एण्ड लजबाट पनि जुवा खेलेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। जुवाडेहरुबाट नगद २ लाख २१ हजार ३ सय ५ रुपैयाँ र सात बुक तास बरामद भएको छ। त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीस्थित सिटी प्यालेस होटलको कोठा नम्बर ६०६ मा तास खेलिरहेको अवस्थामा १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। उनीहरुबाट ६ लाख ९४ हजार ५ सय रुपैयाँ र पाँच बुक तास बरामद भएको प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार