होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • समाजवाद निर्माणमा बौद्धिकहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न
समाचार

समाजवाद निर्माणमा बौद्धिकहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न

  • नागरिक रैबार
समाजवाद निर्माणमा बौद्धिकहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न

धनगढीमा समाजवादी बौद्धिक शिविर नेपालले समाजवाद निर्माणमा बौद्धिकहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिविरको मेचीकाली संगठनात्मक जागरण अभियान २०७८ अन्तर्गत फागुन १३ गते कैलालीको धनगढीमा प्रथम सुदुरपश्चिम भेला सम्पन्न भएको हो ।

‘बौद्धिकहरु केवल सुचना सङ्कलन गर्ने, ज्ञान आर्जन गर्ने तर सङ्गठित भएर गलत प्रवृत्तिका विरुद्ध संघर्ष नगर्ने कारणले गर्दा समाजवाद निर्माणमा बौद्धिक वर्गको योगदान हुन नसकेको बारे शिविरका समितिका सचिव खेम विश्वकर्माले प्रकाश बताए ।  ‘

पुँजिवादी व्यवस्थाले सृजना गरेका असमानताहरुलाई भन्डाफोर गरी अब समाजवादी व्यवस्था निर्माणको निम्ति बौद्धिकहरु यो अभियानमा सङ्गठित हुन आवश्यक रहेको शिविरका प्रदेश १ संयोजक दुर्गेश विश्वकर्माले बताए ।

विज्ञापन

अन्तरक्रिया कार्यक्रम पश्चात् शिविरको सुदुरपश्चिम प्रदेश शाखा पनि गठन गरिएको छ । सुनारले आफ्नो मन्तव्यका क्रममा भने ‘पुँजिवादी व्यवस्थाका कारण मानवीय मूल्य मान्यता मात्रै नभइ पर्यावरण समेत ध्वस्त भइरहेकोले समाजवादी अभियानको मुख्य आवश्यकता पर्यावरणको रक्षा पनि हो ।’ शाखाको सदस्यका रुपमा यशोदा बराल, डिबि सुनार, भरत विश्वकर्मा, राजेश भुल, विवेक बिसि, सुमित ताम्राकार, राम बहादुर विश्वकर्मा, दामोदर चौधरी र भोजराज सुनार रहेका छन् ।

May be an image of 11 people, people standing, people sitting and indoor

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार