होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दमौलीमा भीषण आगलागी, नियन्त्रणका लागि हेलिकोप्टर प्रयोग गरिँदै
समाचार

दमौलीमा भीषण आगलागी, नियन्त्रणका लागि हेलिकोप्टर प्रयोग गरिँदै

  • नागरिक रैबार
दमौलीमा भीषण आगलागी, नियन्त्रणका लागि हेलिकोप्टर प्रयोग गरिँदै

पोखरा । तनहुँको दमौलीस्थित हार्डवेयर पसलबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । आज बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

आगो नियन्त्रणका लागि पोखराबाट एउटा दमकल पठाइएको छ । अर्को पनि दमकल पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेश थापाले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर पनि आगलागी नियन्त्रणका लागि पुगेको छ । आगो फैलनेक्रम नरोकिएकोले हेलिकोप्टरबाट समेत पानी खसालेर नियन्त्रणमा लिन लागिएको हो ।

विज्ञापन

स्थानीय भूपाल हार्डवेयर पसलको गोदामबाट सुरु भएको आगो अर्को हार्डवेयर पसल हुँदै इलेक्ट्रिक पसल र अहिलेसम्म पाँच घरहरूमा समेत सल्किएको प्रत्यक्षदर्शीले बताएका छन् । क्षतिको विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार