होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देउवा-प्रचण्ड चर्काचर्की, गठबन्धन तोडिदै
समाचार

देउवा-प्रचण्ड चर्काचर्की, गठबन्धन तोडिदै

  • नागरिक रैबार
देउवा-प्रचण्ड चर्काचर्की, गठबन्धन तोडिदै

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विषयमा देउवा र प्रचण्डबीच चर्काचर्की भएको हो ।

देउवा र प्रचण्डबीच टेलिफोन वार्तामा एमसीसीबारे छलफल हुँदा एक अर्कामाथि आक्रोश पोखेको बुझिएको छ । देउवाले आज साँझ डाकेको मुख्य दलको बैठकमा प्रचण्डले आउन नसक्ने जवाफ दिएका छन् । उनले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएकोमा देउवासँग असन्तुष्टि पोखेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार प्रचण्डले पत्र लिक गरेकोमा प्रश्न उठाएका थिए । यसले दुई नेताबीच चर्काचर्की भएको थियो ।

देउवासँगको टेलिफोन कुराकानी गर्दै प्रचण्डले बालुवाटारमा साँझ डाकेको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत सहभागी भए मात्र आफू आउने जवाफ दिएका थिए । तर, माधव नेपाल सहभागी भए ओली अनुपस्थित हुने भएबाट देउवा तयार भएनन् ।

विज्ञापन

प्रचण्डले देउवासँग एमसीसी संशोधनविना पारित गर्न तयार नहुने जवाफ दिएको बुझिएको छ । तर, देउवाले एमसीसी संशोधनका लागि अमेरिका नमानेको संकेत गरेपछि प्रचण्डले गठबन्धन तोडिने संकेत गरेका छन् । उनले एमसीसीको पक्षमा जान नसक्ने स्पष्ट जवाफ दिदै गठबन्धन छाड्न तयार भएको जवाफ दिएका थिए ।

एमसीसीलाई देउवा र प्रचण्डले लेखेको पत्र लिक भएपछि राजनीतिक वृत्तमा तरंग आएको छ । यसले गठबन्धन नै धरापमा परेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार