होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीको श्रीभावरमा तीन दिनदेखि यात्रु अलपत्र
समाचार

बैतडीको श्रीभावरमा तीन दिनदेखि यात्रु अलपत्र

  • नागरिक रैबार
बैतडीको श्रीभावरमा तीन दिनदेखि यात्रु अलपत्र

बैतडीको बाजपानी-श्रीभावर क्षेत्रमा एक सय हाराहारीमा सवारी साधन अलपत्र परेका छन्। बिहीबारदेखि परेको हिमपातका कारण सडक अबरूद्ध हुँदा तीन दिनदेखि यात्रु अलपत्र परको धनगढीबाट बझाङ जान हिँडेका यात्रु विनोद जोशीले दिनेशखबरलाई बताए।

‘साना ठूला गरेर एक सय हाराहारीमा सडकमा सवारी साधन रोकिएका छन्,’ उनले भने, ‘होटेलमा बस्न र खान नपाएर चिसोमा यात्रुले सास्ती भोग्नु परेको छ। सडक अझै खुलाउने काम भएको छैन।’

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनले भने, “दुई जेसिबीको प्रयोग गरी राजमार्ग सञ्चालन गर्न हिउँ पन्छाउन थालिएको छ, बाक्लो हिउँ जमेकाका कारण ढिलाइ भएको छ, आज अपरान्हपछि सञ्चालनमा आउन सक्छ।”

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै