होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम सरकारले सार्वजनिक गर्‍यो बिदाको सूची, कुन–कुन पर्वमा हुन्छ बिदा ?
समाचार

सुदूरपश्चिम सरकारले सार्वजनिक गर्‍यो बिदाको सूची, कुन–कुन पर्वमा हुन्छ बिदा ?

  • नागरिक रैबार
सुदूरपश्चिम सरकारले सार्वजनिक गर्‍यो बिदाको सूची, कुन–कुन पर्वमा हुन्छ बिदा ?

सुदूरपश्चिम प्रदेश सरकारले २०७९ सालको सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ। २०७८ चैत २२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको हो।

राजपत्रमा प्रकाशन गरिएको सूचनाअनुसार तीन पर्वमा प्रदेशका सबै जिल्ला र अन्य तीन पर्वमा केही जिल्लामा गरी ६ दिन सार्वजनिक बिदा हुने छ। प्रदेश सरकारले यसवर्ष भदौ १ गते ओल्के पर्वमा पनि बिदा दिने निर्णय गरेको छ। विगतका वर्षमा ओल्के पर्वको बिदा नदिइएको भन्दै प्रदेशवासीले विरोध गरेका थिए।

यस्तै भदौ १७ गते गौरा पर्वको अवसरमा बिदा दिने निर्णय प्रदेश सरकारले गरेको छ। १८ गते भने संघीय सरकारले नै गौरा पर्वको अवसरमा बिदा दिएको छ। माघ १ गते संघीय सरकारले बिदा दिएकोमा माघ २ गते माघीको थप एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशन गरेको प्रदेश राजपत्रमा उल्लेख छ।

विज्ञापन

यस्तै भदौ १९ गते कैलाली र कञ्चनपुरमा अतवारी पर्वको अवसरमा बिदा दिइएको छ भने पुस ८ गते भुवा पर्वको अवसरमा बझाङ, अछाम, बाजुरा र डोटी तथा चैत १ गते कैलाली र कञ्चनपुरमा खखडेहरा पर्वको अवसरमा बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै