होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • जगन्नाथ २ मा भाइरल ज्वरोका कारण गाउँ नै प्रभावित
समाज

जगन्नाथ २ मा भाइरल ज्वरोका कारण गाउँ नै प्रभावित

  • नागरिक रैबार
जगन्नाथ २ मा भाइरल ज्वरोका कारण गाउँ नै प्रभावित

नागरिक रैबार/बाजुरा १९ भदौ।बाजुराको जगन्नाथ गाउँपालिका २ कौडाकोटको बस्तीमा भाईरल ज्वरोका कारण गाउँ नै प्रभावित भएको छ । आज विहान देखि देखिएको मौसमी भाइरल ज्वरोका कारण गाउँका प्रत्येक घरमा बिरामी देखिएको जगन्नाथ २ का वडाध्यक्ष धनविर सार्कीले बताएका छन् ।

भाइरल ज्वरोको प्रकोप बढेपछि वडा सामाुदाियक स्वास्थ्य केन्द्रबाट अहेव राजेश सार्कीको नेतृत्वमा स्वास्थ्यकर्मीले चेकजाँच गरिरहेको वडा अध्यक्ष सार्कीले बताएका छन् । भाईरल ज्वरोका कारण गाउँका बृद्धवृदा, महिला बालवालिका सबैजसो बिरामी भएका छन् । विरामी परेका सवैजनामा टाउको दुख्ने ज्वरो आउने हातखुट्टा दुख्ने समस्या देखिएको छ ।

अहिलेसम्म ७० बढी विरामीको उपचार गरिएको छ । वडा नम्बर २ मा २ सय ८० घरधुरी रहेका छन् । भाईरल ज्वरोबाट कौडाकोट बस्केना, आसवाडा, हुनी तल्लो र माथिल्लो गाउँ गरी १ बढी विरामी प्रभावित भएका छन् ।

विज्ञापन

उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार भइरहेको वडा अध्यक्ष सार्कीले बताएका छन् । गाउँका बासिन्दा बिरामी हुनुका कारण दूषित खानेपानी हुनसक्ने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार