होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • घाँटीमा जिउँदो माछा अड्किएपछि…
समाचार

घाँटीमा जिउँदो माछा अड्किएपछि…

  • नागरिक रैबार
घाँटीमा जिउँदो माछा अड्किएपछि…

काठमाडौंः थाइल्याण्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ। सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो। थाइल्याण्डको फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको मुखभित्र पसेको थाई सञ्चार माध्यमहरूले जनाएका छन्।

माछा घाँटीभित्र पसेपछि उनी निसासिएका थिए। श्वास फेर्न नसकेपछि घाँटी समाएर अत्तालिएका उनलाई स्थानीयले फथलुङ प्रादेशिक अस्पतालमा पु¥याएका थिए। एक घन्टा लामो शल्यक्रियापछि रगतले भरिएको माछालाई उनको घाँटीबाट बाहिर निकालिएको थियो। ‘मुखभित्र माछा पस्ने घटना निकै दुर्लभ हो। यस्तो केस मैले पहिले कहिल्यै देखेको थिइनँ,’ डा सर्मश्री पाथोमपानिच्रतले भने, ‘हाम्रा डाक्टरहरूले हाम्रो बिरामीको अंगमा हुने क्षतिलाई कम गर्न कडा मेहनत गरे। उनीहरूले बिरामीलाई सफलतापूर्वक बचाएका छन्।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै