होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम केन्द्रित हुँदै शिर्ष नेता
समाचार

सुदूरपश्चिम केन्द्रित हुँदै शिर्ष नेता

  • नागरिक रैबार
सुदूरपश्चिम केन्द्रित हुँदै शिर्ष नेता

धनगढी: स्थानीय तह निर्वाचन नजिकिएसँगै शिर्ष नेताहरु सुदूरपश्चिम केन्द्रित हुन थालेका छन्। नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुको सुदूरपश्चिम आउने कार्यक्रम तय भएको हो। निर्वाचन प्रचारप्रसारका लागि नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा कैलाली र गृहजिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ। मंगलबार काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत देउवा चुनावी सभालाई सम्बोधन गर्न धनगढी र डडेल्धुरा पुग्ने जानकारी दिएका छन्।

काँग्रेस र गठबन्धनका उम्मेदवार जिताउन देउवासहित पार्टीका शीर्ष नेताहरूले चुनावी सभालाई सम्बोधन गर्ने पौडेलले बताए। जसअनुसार देउवा वैशाख २६ गते कैलाली आउने छन्। उनीसँगै धनगढीमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री फरमुल्लाह मंसुरसहित चुनावी सभालाई सम्बोधन गर्ने छन्। त्यसैको भोलिपल्ट उनी गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको छ। त्यहाँ पनि देउवासहित नेता पौडेल र सहमहामन्त्री बद्री पाण्डे लगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी आउने कार्यक्रम तय भएको छ। उनी चुनावी सभालाई सम्बोधन गर्न धनगढी आउने भएका हुन्। अध्यक्ष ओलीले धनगढी उपमहानगरपालिकासहित कञ्चनपुरमा चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि