होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बडीमालिका ९ को प्रतिवद्धता पत्रमा के छ ?
समाचार

एमाले बडीमालिका ९ को प्रतिवद्धता पत्रमा के छ ?

  • नागरिक रैबार
एमाले बडीमालिका ९ को प्रतिवद्धता पत्रमा के छ ?

नागरिक रैबार/बाजुरा २१ बैशाख। नेकपा एमाले बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कमिटीले वडा नं. नौं, सुखी र समृद्ध मौं भन्ने मुल नाराका साथ ६ पृष्ठ लामो प्रतिवद्धता पत्र तयार गरेर सार्वजनिक गरेको छ ।

एमाले बडीमालिका ९ नम्वर वडा कमिटीले आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडाबाट बनेका उम्मेदवारहरु विजयी भएपछि आगामी ५ वर्ष भित्र वडामा गर्ने कार्य योजना अनुसारको प्रतिवद्धता पत्र एक अनौपचारिक कार्यक्रमका विच बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

जिल्लाका ९ वटा स्थानीय तहमा रहेका विभिन्न पार्टीहरुले पालिका अन्तरगतका प्रतिवद्धता पत्र सार्वजनिक गरेका भएपनि वडाहरुका भने प्रतिवद्धता पत्र हाल सम्म पनि कुनै वडाले तयार गर्न सकेका छैन् ।तर जिल्लाका ९ वटै स्थानीय तहका ६९ वटा वडा मध्ये नेकपा एमाले बडीमाालिका ९ नम्वर वडा कमिटीले भने पहिलो पटक वडाको पाँच वर्षे प्रतिवद्धता पत्र तयार गरेर सार्वजनिक गरेको वडा अध्यक्षका उम्मेदवार सुर्यकिरण विकले बताएका छन् ।

विज्ञापन

नेकपा एमाले बडीमालिका नगर कमिटीले तयार गरेको समग्र नगरपालिकाको प्रतिवद्धता पत्रलाई नै आधार मानेर वडाको छुट्टै प्रतिवद्धता पत्र तयार गरेको बताईएको छ ।

एमाले जिल्ला कमिटी बाजुराका सदस्य तथा वडाका पूर्व अध्यक्ष काल्चे दमाईको आथित्यतामा गरिएको प्रतिवद्धता सार्वजनिक कार्यक्रममा प्रतिवद्धता पत्रमा उल्लेख गरिएका बुँधाहरुलाई नेकपा एमाले बडीमालिका ९ का निर्वाचन परिचालन कमिटीका संयोजक बसन्त विश्वकर्माले पत्रकार सम्मेलन मार्फत जानकारी गरेका थिए ।

वडाको प्रतिवद्धता सार्वजनिक कार्यक्रममा एमालेबाट बडीमालका ९ का वडा अध्यक्षका उम्मेदवार सुर्यकिरण विक लगायत वडा सदस्यका उम्मेदवारहरु, बडीमालिका ९ का कार्यवाहक वडा अध्यक्ष लालचन्द नेपाली लगायत जिल्लामा क्रियाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

हेर्नुहोस प्रतिवद्धता पत्र

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि