होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘सुन माया’ मा सुभम र योगिशाको प्रेम (भिडियो)
समाचार

‘सुन माया’ मा सुभम र योगिशाको प्रेम (भिडियो)

  • नागरिक रैबार
‘सुन माया’ मा सुभम र योगिशाको प्रेम (भिडियो)

काठमाडौं। गायक रवि ओड र गायिका बेनिशा पौडेलको आवाजमा रहेको ‘सुन माया’ बोलको रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ ।

गरिमा फिल्मस्ले तयार पारेको भिडियोलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु शुभम आचार्य र योगिशा खत्री फिचर छन् । भिडियोमा उनीहरुबीचको टिनएज प्रेमलाई देखाइएको छ । भिडियोमा दुवैले लोभलाग्दो अभिनय गरेका छन् । भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन छ ।

गीत सार्वजनिक कार्यक्रममा गीतकार तथा संगीतकार भट्टले यसपटक भिडियोमा आफूहरुले फरक गर्ने प्रयास गरेको बताए । उनले भने- ‘प्रायः म्यूजिक भिडियोमा उमेर पुगेका कलाकारहरुले अभिनय गर्ने गरेका छन् । यसपटक टिनएजका युवा-युवतीलाई अभिनय गराउने सोचअनुसार हामीले भिडियो तयार गरेका हौं । भिडियोले गीतलाई न्याय गरेको छ ।’

विज्ञापन

निर्देशक पान्डेले पनि गीतकार भट्टको योजना मन परेपछि भिडियोमा टिनएजका युवा-युवतीलाई अभिनय गराउन आफू पनि तयार भएको बताए । ‘गीतको अडियो सुनेपछि मेरो दिमागमा चकलेटी अनुहारका कलाकार आएको थियो । तर, गोविन्द भट्टले टिनएजका युवा-युवतीलाई अभिनय गराउने प्रस्ताव राखेपछि हामीले सुभम र योगिशालाई छनौट गर्यौं । छायांकनमा उहाँहरुलाई काम गराउन अनुभवीलाई भन्दा सजिलो भयो,’ उनले भने । पान्डेले आफ्ना हरेक भिडियोमा केहि न केहि नयांपन देखाउने गरेका छन् ।

त्यस्तै, कलाकार आचार्यले आफ्नो बाल्यकालदेखि नै नृत्य र अभिनयमा रुची रहेको बताउँदै अहिले त्यो सपना साकार हुँदै गएकोमा खुशी व्यक्त गरे । उनले भिडियोमा काम गर्दा रमाइलो भएको अनुभव सुनाए । योगिशाले राम्रो गीतमा राम्रो टिमसँग काम गर्न पाउँदा खुशी महसुस भएको बताइन् । भिडियोमा उनीहरुको नृत्य गर्ने शैली र एक्सप्रेसन आकर्षक छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि