होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • म्यादी प्रहरीलाई १ हप्ता तालिम दिने कार्यविधि तयार
समाचार

म्यादी प्रहरीलाई १ हप्ता तालिम दिने कार्यविधि तयार

पूर्व म्यादी र पूर्व सुरक्षाकर्मी प्राथमिकतामा

  • नागरिक रैबार
म्यादी प्रहरीलाई १ हप्ता तालिम दिने कार्यविधि तयार

स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव यसअघि नै पठाएको थियो । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीलाई एक साताको तालिम चलाउने कार्यविधि तयार गरिएको छ । नियुक्ति गर्ने दिनको आधारमा तालिम चलाइने प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले  बताए । उनले भने, ‘सामान्यतया तालिम १ साताको हुन्छ ।’

७ दिनको तालिममा म्यादी प्रहरीलाई अनुशासन र भीड नियन्त्रणबारे सिकाइन्छ । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतका अनुसार आफूभन्दा सिनियरलाई सलाम गर्ने तरिका, लौरो चलाउने र भीड नियन्त्रण गर्ने तरिका सिकाउने गरी कार्यविधि तयार गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बस्ने केन्द्रिय सुरक्षा समितीले त्यसबारे निर्णय गरेपछि म्यादी प्रहरीको भर्ना प्रक्रिया शुरु हुन्छ । म्यादी प्रहरी ५० दिन निर्वाचनको सुरक्षामा खटिन्छन् । २०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ९९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । सो चुनावमा ०.२ प्रतिशत अर्थात ७ सयजना पूर्व सुरक्षाकर्मी म्यादी प्रहरीमा भर्ना भएका थिए ।

विज्ञापन

म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने प्रहरी प्रधान कार्यालयको तयारी छ । म्यादी सहित प्रहरी परिचालन र गाडी खरिद गर्न करिब १२ अर्ब बजेट चाहिने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार