होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूर पहाडको साँस्कृतिक पर्व ‘भुवा’को रौनक तराइमा पनि
समाचार

सुदूर पहाडको साँस्कृतिक पर्व ‘भुवा’को रौनक तराइमा पनि

  • नागरिक रैबार
सुदूर पहाडको साँस्कृतिक पर्व ‘भुवा’को रौनक तराइमा पनि

धनगढी : सुदूरपश्चिमको साँस्कृतिक पर्व ‘भुवा’ आइतबारदेखि सुरु भइसकेको छ। महाभारतको कथा, पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन्।

दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन्।

यो पर्व विषेश गरी सुदूरपश्चिमका तीन पहाडी जिल्ला अछाम, बाजुरा र बझाङमा प्रसिद्ध छ। तर तीन जिल्लाबाट पश्चिम तराइका कैलाली र कञ्चनपुरमा बसाइसरेका बासिन्दाले पनि भुवा मनाउन थालेका छन्।

विज्ञापन

बाजुरेली सेवा समाजले यसवर्ष धनगढीमा पनि भुवा पर्व मनाउन सुरु गरेको छ। समाजका अध्यक्ष चेतबहादुर थापाका अनुसार आइतबारदेखि धनगढीको खुलामञ्चमा औपचारिक कार्यक्रम नै गरेर भुवा पर्व मनाउन सुरु गरिएको बताए। उनले भने, ‘भुवा प्राचीन संस्कृति हो। महाभारतमा पाण्डप र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ।’

सोही लडाइँको सम्झनामा तथा पाण्डवहरूको जितको खुसियालीमा यो पर्व मनाउन थालिएको हो। सुदूरपश्चिमका मौलिक पर्व बसाइसराइको क्रम बढेसंगै लोप हुने अवस्थामा छन्। भुवा पर्व भने तराइमा पनि मनाउन थालिएपछि रौनक बढेको छ।

भुवाखाडोमा आगो बालेपछि सुरु हुने यो पर्वमा स्नान गरी बालिएको आगो तापेर घरमा मीठो–मसिनो खाने चलन छ। सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना तरबारलाई चम्किलो बनाउने काम गरिन्छ। द्वितीया तिथिको दिनमा विशेष ढंगले प्रदर्शन गरिन्छ।

भुवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो च्यादर जस्तो पहिरन लगाउन पर्छ भने टाउकोमा पघरी बाँध्नुपर्छ। सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वकै अवसरमा तीन जिल्लामा आइतबार बिदा दिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार