होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय सभा निर्वाचनबारे सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
समाचार

राष्ट्रिय सभा निर्वाचनबारे सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

  • नागरिक रैबार
राष्ट्रिय सभा निर्वाचनबारे सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।

बैठकमा कांग्रेसका रामचन्द्र पाैडेल, नेकपा (माओवादी केन्द्र) का तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टी नेपालका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, अशाेक राई र राष्ट्रिय जनमोर्चाका तर्फबाट दुर्गा पाैडेल लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

विज्ञापन

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलले चुनावी तालमेल गर्ने आपसी सहमति गरेका छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।कान्तिपुर समाचारबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार