होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका २३ जना भए माओवादी केन्द्रका केन्द्रीय सदस्य (नामावलीसहित)
समाचार

सुदूरपश्चिमका २३ जना भए माओवादी केन्द्रका केन्द्रीय सदस्य (नामावलीसहित)

  • नागरिक रैबार
सुदूरपश्चिमका २३ जना भए माओवादी केन्द्रका केन्द्रीय सदस्य (नामावलीसहित)

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। कमलादीस्थित प्रज्ञा भवनमा आज सम्पन्न महाधिवशेनले विभिन्न क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको नामलाई ध्वनी मतका आधारमा निर्वाचित गरिएको हो। कैलालीका ५ जना, डडेल्धुराका ४, बझाङका तीन, कञ्चनपुरका तीन, दार्चुला दुई, अछामका दुई, बैतडीका दुई र डोटीका दुई जना केन्द्रीय सदस्य भएका हुन्।

खुलातर्फ ७ जना, खस आर्यतर्फ ६ जना, दलिततर्फ तीन जना, थारुतर्फ तीन जना, जनजातीतर्फ दुई जना, उत्पीडित क्षेत्रतर्फ एकजना र खस आर्य युवातर्फ एकजना केन्द्रीय सदस्य चुनिएका छन्।

विज्ञापन

यी हुन् सुदूरपश्चिमबाट चयन भएका २३ केन्द्रीय सदस्य
खुला
खगराज भट्ट (डडेल्धुरा)
लक्ष्मण जोशी (दार्चुला)
शरदसिंह भण्डारी (अछाम)
विरमान चौधरी (कैलाली)
नेपबहादुर चौधरी (कैलाली)
नरेन्द्र कँवर (बैतडी)
त्रीलोचन भट्ट (डोटी)
खस आर्य
रेणु चन्द (बैतडी)
कुन्ति जोशी (डडेल्धुरा)
विमला सिंह (कैलाली)
मन्जु बम (डडेल्धुरा
टिएम स्वार (अछाम)
देवराज रेग्मी (बझाङ)
जनजाति
बिना मगर (कञ्चनपुर)
डम्बर घर्ती (डोटी)
उत्पीडित क्षेत्र
देवकी मल्ल (बझाङ)
दलित
शान्ति नेपाली (बझाङ)
लक्ष्मी बिक (दार्चुला)
जगत पार्की (डडेल्धुरा)
थारु
देविलाल चौधरी (कञ्चनपुर)
रुपा चौधरी (कैलाली)
दिपा चौधरी (कञ्चनपुर)
खस आर्य युवा
लालबहादुर सोडारी (कैलाली)

दिनेश खबरबाट सभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार