होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुई उपसभामुखलाई केन्द्रीय सदस्य बनाउँदा बन्दसत्रमा हाँसो !
समाचार

दुई उपसभामुखलाई केन्द्रीय सदस्य बनाउँदा बन्दसत्रमा हाँसो !

  • नागरिक रैबार
दुई उपसभामुखलाई केन्द्रीय सदस्य बनाउँदा बन्दसत्रमा हाँसो !

आइतबार साँझ प्रज्ञा भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावित केन्द्रीय सदस्यहरुको नाम पढिरहेका थिए । आदिवासी जनजातितर्फको नाम पढिरहँदा उनी केहीबेर अड्किए । उ…तामाङ । थर प्रष्ट भयो, तर नाम प्रष्ट भएन ।

नामहरु पढ्दै जाँदा प्रचण्ड आदिवासी जनजातितर्फको युवा क्लष्टरमा पुगे । त्यहाँ उनले अर्को एउटा नाम पढे– आर तामाङ । र, भने, ‘अघिको त्यो उ… तामाङ भनेको यही हो ।’ प्रचण्डले यसो भन्दै गर्दा बन्दशत्रमा हाँसो गुञ्जियो ।

प्रचण्डद्वारा केन्द्रीय सदस्यमा नाम घोषणा गरिएकी आर तामाङ राधिका तामाङ हुन् । उनी वागमती प्रदेशसभाकी उपसभामुख छिन् । संसदीय परम्परामा सभामुख, उपसभामुख बनेपछि पार्टीको पदीय जिम्मेवारीबाट राजीनामा दिने र पछि संसदीय जिम्मेवारीबाट पदमुक्त भएपछि पुनः पार्टीको जिम्मेवारीमा फर्कने प्रचलन छ ।

विज्ञापन

त्यसो त माओवादीको केन्द्रीय कमिटीमा कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती विष्ट पनि छानिएकी छन् । अध्यक्ष प्रचण्डले उनको नाम पनि ‘पी घर्ती’ भनेर छोटकरीमा वाचन गरेका छन् । फर्जी नामबाट उपसभामुखहरुलाई पार्टीको केन्द्रीय कमिटीमा समावेश गर्ने यो नयाँ अभ्यास हो ।

मान्छे नै नभेटिएपछि…..

माओवादी अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २३६ जनाको मात्रै नाम वाचन गरे । ६३ जनाको सीट अझै खाली रह्यो । समानुपातिकतर्फ २९ र दुल्लातर्फको ३४ सीट चाँडै पदपूर्ति गरिने प्रचण्डले बताए । नेताहरुका अनुसार आकांक्षीहरु सकिएका र केन्द्रीय कमिटीमा ल्याउने व्यक्तिहरु नपाइएका कारण तत्काल यी सीटहरु खाली राखिएको हो ।

बन्दशत्रमा प्रचण्डले मधेसी पुरुष केन्द्रीय सदस्यहरु ५ जना रहेको बताए । तर, कागजमा ६ जनाको नाम नभएपछि उनले भने, ‘६ जना पुरुष, नाम तीनजनाको मात्रै छ ।’

त्यस्तै मुस्लिम क्लष्टरमा ७ जना पुरुष र ८ जना महिलाको संख्या रहेको प्रचण्डले बताए । तर, हातमा रहेको कागजमा नामै नरहेको पाएपछि उनले भने,‘७ जना भनिएको छ, नामै छैन । नाम आउनुपर्ने १ र ५ नम्बरबाट हो ।’ यति भनिसकेपछि उनले १५ जनाको कोटा रहेको मुस्लिम क्लष्टरमा हकिकुल्लाह मुसलमान, कौशर साह वागमती, दुई जनाको मात्रै नाम पढे ।

मधेसीको कोटामा पनि त्यस्तै भयो । जगत यादव, शिवकुमार मण्डल, रामकुमार यादव, सुरेन्द्र मेहेता, बोधमाया कुमारी यादव र सुनिताकुमारी यादवको नाम पढेका प्रचण्डले भने,‘ मधेसी पुरुष ६ जना भनिएको छ, नाम तीनजनाको मात्रै छ ।’

त्यस्तै मधेसी महिला १३ जना भनिएकोमा प्रचण्डले बोधमाया कुमारी यादव र सुनिताकुमारी यादव दुईजनाको नाम मात्रै पढे । सुनसरीका सुरेन्द्र मेहताको नाम मधेसी युवा पुरुषमा पढियो । तर, मधेसी युवा महिला तीनजनाको कोटामा कोही पनि फेला परेनन् ।

२३ जनाको कोटा रहेको आदिवासी जनजाति महिलामा दुईजना उपसभामुखलाई राख्दा पनि अझै दुईजना खाली छन् । जनजाति युवा महिला ६ जना हुनुपर्नेमा दुई सीट खाली छन् । थारु कोटामा ६ जना पुरुष हुनुपर्नेमा तीनजना खाली छन् ।

बन्दशत्रमा नामहरु पढिसकेपछि प्रचण्डले खुल्लातर्फ कुमार पौडेलको नाम छुटेछ भन्दै सुनाएका थिए । त्यसैगरी, थारु कोटामा रामकुमारी चौधरीको नाम छुटेछ भन्दै प्रचण्डले थपेका थिए ।

यहीवीचमा हलबाट आवाज उठ्यो– अपाङ्ग छुट्यो । अपाङ्गता भएकाहरु छुटे । त्यसपछि प्रचण्डले अपाङ्गता भएकाहरुको क्लष्टरबाट केन्द्रीय सदस्यहरुको नाम सुनाए– चूडामणि खड्का, धनश्याम यादव, चम्पा कार्की ।

प्रचण्डले भर्खरै मसालबाट एकता प्रक्रियामा आएका लोकेन्द्र लम्सालको टीमलाई पनि केन्द्रीय कमिटीमा समेटिएको बताएका थिए । भर्खरै मसालबाट एकता गरेर आएका लोकेन्द्र लम्साल, लक्षिराम आचार्य, अनिल किशोर घिमिरे, तिलक परियार, गोविन्द बिक र आरबी फुयाँललाई प्रचण्डले केन्द्रीय कमिटीमा ल्याएका छन् ।

यो पनि …
यस्तो छ प्रचण्डले पेश गरेको २३६ जनाको केन्द्रीय समिति (सूचीसहित)

अब टेन्सन साफ भयो !

अध्यक्ष प्रचण्डले सबैको चित्त बुझ्ने गरी प्रस्ताव ल्याइएको बताएका थिए । प्रचण्डले बन्दशत्रमा भने, ‘ सिनियर कमरेडहरु, तपाईहलाई दुःखी बनाइएको छैन । अब कोही टेन्सनमा बस्नुपरेन । म पनि टेन्सनमै थिएँ, मुक्त भएर आएको छु । अब कोही साथीहरु छुट्नुहुन्न । सबैलाई खुशी बनाएर यो पार्टीलाई अगाडि बढाइन्छ ।’

हरेक प्रदेशमा सल्लाह गरेर टिम बनाएको र यो कुनै चलाखी नभएर जनवादी अभ्यास भएको प्रचण्डले बताएका थिए । साथै राज्यको कानूनले तोकेको भन्दा पनि समानुपातिक समावेशीको मात्रालाई बढाएको प्रचण्डले बताए । यसबाट माओवादीले मात्रै सीमान्तीकृतहरुको पक्षमा काम गर्न सक्छ भन्ने सन्देश दिएको प्रचण्डले बन्दशत्रमा बताए । एमाले र काँग्रेसको भन्दा माओवादीले आफूलाई बढी समावेशी बनाएको बनाउँदै प्रचण्डले भने, ‘यो समानुपातिक, समावेशीको सिस्टम नै माओवादीले ल्याएको हो । माओवादीले मात्रै गर्न सक्छ ।’अनलाइन खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार