होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रियसभा चुनावमा भागबण्डा मिलाउन गठबन्धनका नेताहरुबीच बैठक
समाचार

राष्ट्रियसभा चुनावमा भागबण्डा मिलाउन गठबन्धनका नेताहरुबीच बैठक

  • नागरिक रैबार
राष्ट्रियसभा चुनावमा भागबण्डा मिलाउन गठबन्धनका नेताहरुबीच बैठक

राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्र छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० बजेपछि गठबन्धनका शीर्ष नेताबीच राष्ट्रियसभामा गठबन्धन बनाएर जानेबारे छलफल जारी छ ।

सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर राष्ट्रियसभा चुनावमा जाने तयारीमा छन् ।

आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

विज्ञापन

राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । त्यसका लागि काँग्रेस र माओवादी, एकीकृत समाजवादी र जसपा राष्ट्रियसभाको सिटमा भागबण्डा मिलाउने तयारीमा छन् ।

सत्तारुढ गठबन्धन १९ वटै सिट जित्ने गरी रणनीति बनाएर अगाडि बढ्ने तयारीमा छ ।अनलाइन खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार