होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘दलित समुदायका मुद्दालाई सञ्चारमाध्यमले उच्च प्राथमिकतामा राखेनन्’
समाचार

‘दलित समुदायका मुद्दालाई सञ्चारमाध्यमले उच्च प्राथमिकतामा राखेनन्’

  • नागरिक रैबार
‘दलित समुदायका मुद्दालाई सञ्चारमाध्यमले उच्च प्राथमिकतामा राखेनन्’

काठमाडौं । सञ्चारमाध्यमहरुले अझै पनि दलित समुदायका मुद्दालाई उच्च प्राथमिकता दिन नसकेको सरोकारवालाहरुले बताएका छन् ।बिहीबार नेपाल प्रेस काउन्सिल र क्रियाशील दलित पत्रकार संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनीहरुले समाजको सीमान्तकृत वर्गका भन्दा राजनीतिक विषयको समाचारमै सञ्चारमाध्यमहरु केन्द्रित भएको बताए ।

दलित अधिकारकर्मी सुशील बिकेले जनसंख्याको ठूलो हिस्सा ओगटेको दलित समुदायलाई सरकारले बजेटमा समेत प्राथमिकता नदिएको बताए । सञ्चारमाध्यमहरु समेत राजनीतिक विषयमा केन्द्रित हुँदा दलित लगायत सीमान्तकृत समुदायका मुद्दा ओझेलमा परिरहेको बताए ।

अर्का दलित अधिकारकर्मी हिरा विश्वकर्माले राज्यले दलित समुदायको अभिभावकत्व गर्नै नसकेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दलितका मुद्दालाई महासंघले प्राथमिकता दिइरहेको दाबी गरे । आफ्नो कार्यकालमा सीमान्तकृतका एजेण्डालाई उच्च प्राथमिकता दिएर अघि बढिरहेको उनको भनाइ थियो ।

विज्ञापन

नागरिक राष्ट्रिय दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले लामो समयदेखि आफूहरुले दलितका आवाजलाई प्राथमिकता दिएको बताए कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमहरुले दलितका मुद्दालाई प्राथमिक दिए नदिएको विषयलाई ध्यान दिने र त्यसमा प्राथमिकता दिन झक्झकाउने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि